वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले बैंक खाता खोले मात्र श्रम स्वीकृति पाउने !

काठमाडौं । नेपाली कामदारले अब वैदेशिक रोजगारीमा जानका लागि अनिवार्य रुपमा बैंक खाता खोल्नुपर्ने भएको छ । बैंक खाता नभएको खण्डमा वैदेशिक रोजगारका लागि विदेश जान श्रम स्वीकृति नदिइने बताईएको छ । 

यता श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पनि वैदेशिक रोजगारीमा जाने नेपालीलाई अनिवार्य बैंक खाताको प्रावधान राखिएको र यसले श्रमिकको कमाइ पनि बचत हुने र राज्यले पनि बैकिङ प्रणालीबाट रेमिट्यान्स पठाउन सहज हुने बताएका छन् । 

श्रम स्वीकृतिका लागि प्रमाणको रुपमा पास बुक, चेक बुक, एटिएम, खातामा रकम जम्मा गरेको भौचर, स्टेटमेन्ट अनिवार्य बुझाउनुपर्ने छ । उक्त कागजात बुझाएपछि भने श्रम स्वीकृति पाईनेछ 
प्रकाशित मिति : Thursday, September 05, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal