×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भदौको तेश्रो साता कुन बैंकको शाखा कहाँ पुग्यो ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

भदौको तेश्रो साता कुन बैंकको शाखा कहाँ पुग्यो ? (विवरणसहित)

काठमाडौं – बैंकिंग सेवा प्रदान गर्ने उदेश्यले भदौको तेश्रो साता ४ बाट बैंकले विभिन्न स्थानमा शाखा सञ्चालनमा ल्याएका छन्। 
ग्लोबल आइएमई बैंकले धनकुटा जिल्लाको हिले बजारमा रहेको शाखा कार्यालय मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्ग, नेपाल प्रहरीका एसपी सुदर्शन कोइराला, धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरे र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मंगलबार आयोजित एक समारोहबीच संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै मेयर तामाङ्गले बैंक तथा वित्तीय संस्थाहरुले ठूला उद्योगपतिहरुलाई मात्र नभई साना किसान तथा व्यवसायीलाई पनि सहयोग गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सबैका लागि बैंक भन्ने बैंकको मुल नारालाई चरितार्थ गर्दै देशको सबै क्षेत्रमा सेवा पु¥याउने बताए ।
सहयोगी विकास बैंकले महोत्तरीको पिपरा गाउँपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको पिपरा गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष अरुण ठाकुर तथा जलेश्वर उद्योग बाणिज्य संघका सदस्य छेदी चौधरीले उद्घाटन गरेका हुन् । बैंकले हाल १४ वटा शाखामार्फत सेवा दिँदै आएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ८२ औं शाखा बाँकेको कोहलपुरबाट संचालनमा ल्याएको छ । बैंकका संचालक समितिका सदस्य प्रकाश चन्द्र मैनालीले शाखाको उक्त शाखाको उद्घाटन गरेका हुन् । 
कार्यक्रममा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ज्ञान ज्योति माध्यमिक विद्यालय, बगिया कोहलपुरलाई ५० हजारको आर्थिक सहयोग प्रदान गरेको छ । निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए ।
सानिमा बैंकले आफ्ना नयाँ शाखा विस्तारका क्रममा भदौ १५ गते कैलालीको बौनियाँमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालय सानिमा बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार हरिवंश आचार्य र संचालक भरत कुमार पोखरेलबाट संयुक्त रुपमा उद्घाटन भएको हो ।
उद्घाटन समारोहमा सानिमा बैंकका संचालक भरत कुमार पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्दै यस शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरे । त्यसैगरी, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै बौनियाँ शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन्
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: