बैंक तथा वित्तीय संस्थाका सीइओ नियुक्त वा बर्खास्त गर्न राष्ट्र बैंकको अनुमति चाहिने !

काठमाडौं । राष्ट्र बैंकको अनुमतिबिना बैंक तथा वित्तीय संस्थामा सीइओ नियुक्त वा बर्खास्त गर्न नपाइने भएको छ । यससंगै अब  सिइओ नियुक्तिको अधिकार संचालक समितिबाट राष्ट्र बैंकमा जाने भएको छ । 

हालसम्म बैंक तथा वित्तीय संस्थाको संचालक समितिले प्रमुख कार्यकारी अधिकृतको नियुक्ती गर्दै आएको छ ।अब राष्ट्र बैंकले अनुमति दिएपछि मात्र बैंक तथा वित्तीय संस्थाका सीइओ नियुक्त हुनेछन । यदि राष्ट्र बैंकले नदिएमा प्रमुख कार्यकारी अधिकृत नियुक्त हुने छैनन् । 

बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतको नियुक्ति र बर्खास्ती राष्ट्र बैंकको सहमतिमा गर्नुपर्ने अर्को महत्वपूर्ण व्यवस्था विधेयकमा उल्लेख छ ।
प्रकाशित मिति : Friday, September 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal