×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

यसवर्षको दशैँको टीकाको साइत सार्वजनिक, हेर्नुहोस् कति बजे छ शुभसाइत !

काठमाडौँ । यसवर्षको वडादशैँको टीकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्क निर्णायक समितिले यसवर्षको वडादशैँको टीकाको साइत सार्वजनिक गरेको हो । समितिले टीकाको साइत असोज २१ गते बिहान १०ः३५ बजे तोकेको छ । 
यस्तै समितिले घटस्थापनाको साइत असोज १२ गते  (आइतबार) बिहान १०ः३५ बजे निर्धारण गरिएको छ भने १३ गते (सोमबार) बिहान १०ः२५ बजे सेनाको झण्डा फेर्ने साइत तोकिएको छ । समितीका अनुसार सेनाको उक्त झण्डा पश्चिम मोहडा गरेर फेर्नुपर्ने छ । साथै समितिले १६ गते (बिहिबार) पचली भैरवको यात्रा र १८ गते (शनिबार) फुलपातीको समय बिहान ८ः५२ बजे निर्धारण गरेको छ । सोहि दिन नै तलेजु भवानीको यात्रा पनि सुरु हुनेछ  भने १९ गते आइतबार महाअष्टमी र कालरात्री सुरु हुनेछ । २० गते महानवमी र २१ गते विजया दशमी रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: