महुली लघुवित्त वित्तीय संस्था पनि मर्जरमा जाने, उप समिति गठन !

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था पनि मर्जरमा जानै भएको छ । संस्थाले मर्ज र एक्विजिसनमा जान ३ सदस्यीय मर्जर उप समिति गठन गरेको छ । भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले उपयुक्त वित्तीय संस्थासँग गाभ्ने वा गाभिने प्रयोजनका लागि उप समिति गठन गरेको हो । 

उप समितिलाई प्राप्ति गर्ने वा गाभिने सम्बन्धमा अन्य वित्तीय संस्थाहरुसँग छलफल गरी ३ महिनाभित्र प्रतिवेदन पेश गर्न भनिएको छ । 
प्रकाशित मिति : Monday, September 09, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal