×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बिपी राजमार्गमा सवारी चलाउँदा अबदेखि सडक कर तिर्नुपर्ने, कुन साधनलाइ कति ?

काठमाडौं ।  बिपी राजमार्गमा सवारी चलाउँदा अबदेखि सडक कर तिर्नुपर्ने भएको छ ।  सडक बोर्ड नेपालले असोज १ गतेदेखि लागु हुने गरि बिपी राजमार्गमा सडक कर उठाउने निर्णय गरेको हो । 
यसअघि सो राजमार्गमा निःशुल्क सवारी चलाउने व्यवस्था थियो । अब सिन्धुली–वर्दिवास सडक अन्तर्गतको यस राजमार्गमा सडक विभाग र सडक बोर्डको संयुक्त पहलमा कर उठाउन सुरु गरिएको विपी हाइवे आयोजनाका प्रमुख सूर्यबहादुर भाटले जानकारी दिए । 
धुलिखेल–खुर्कोट र खुर्कोट, सिन्धुली बर्दिवास गरी दुई खण्डबाट कर उठाउन सुरु गरिएको हो । धुलिखेलदेखि खुर्कोटसम्म चल्ने  बस, मिनिबस, ट्रक, मिनीट्रक र हेभी मेशिनरीले १२५ रुपैयाँ तिर्नु पर्नेछ भने हलुका सवारी साधन कार, जिप, पिकअप, भ्यान, र ट्रयाकटरले ५० रुपैयाँ तिर्नु पर्नेछ । तिनपांग्रे टेम्पो र मोटरसाइकलले १५ रुपैयाँ तिर्नु पर्नेछ । यस्तै खुर्कोट-सिन्धुली-बर्दिवाससम्म चल्ने बस, मिनिबस, ट्रक, मिनीट्रक र हेभी मशिनरीले ११५ रुपैयाँ तिर्नु पर्नेछ भने कार, जिप, पिकअप, भ्यान, र ट्रयाकटर ले ४५ रुपैयाँ र तिनपांग्रे टेम्पो र मोटरसाइकलले १५ रुपैयाँ तिर्नु पर्नेछ ।
यद्यपी करबाट उठेको रकम सडक मर्मतको लागि प्रयोग गरिने बोर्डले जनाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: