एभरेष्ट बैंक लिमिटेडले गर्यो नयाँ ब्याजदर सार्वजनिक, निक्षेप र कर्जामा कति ?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको नयाँ ब्याजदर सार्वजनिक भएको छ । सार्वजनिक भएको नयाँ ब्याजदरमा बैंकले साधारण बचतमा ६%, मुद्दतितर्फ व्यक्तिगतमा ९.२५% र संस्थागततर्फ ८.५०% ब्याज दिने भएको छ । हाल बैंकले विभिन्न २७ किसिमका बचत खाता संचालन गर्दै आएकोमा सबैभन्दा धेरै ब्याज ६% छ भने सबैभन्दा थोरै ४% रहेको छ ।

एभरेष्टबाट कर्जाको लिनेले १५.७५% सम्म ब्याज तिर्नुपर्नेछ भने ट्रम लोन, विभिन्न शिर्षकका ओभरड्राफ्ट लोन लिनेले १७.७५% ब्याज तिर्नुपर्ने बैंकले जनाएको छ । साथै भेहिकल लोन लिनु परेमा १४.८७%, हाउजिङ लोन लिँदा १५.३७%, शैक्षिक कर्जा लिनु परेमा १५.१२% र सेयर धितोकर्जा राखेर ऋण लिनु परेमा १४.८७% सम्म ब्याज तिर्नुपर्नेछ ।

प्रकाशित मिति : Sunday, September 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal