×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आयो दशैँ ! सरकारद्वारा खसी, बोका र च्याङग्राको विक्री वितरण सुरु

काठमाडौँ । सरकारले दशैं, तिहार र छठ पर्वका लागि खसी, बोका र च्याङग्राको पनि विक्रीवितरण सुरु गरेको छ । सरकारले काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड परिसर भित्र सोमबारबाट दशैंसहितका चाडपर्वका लागि सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको विक्रीवितरण सुरु गरेको हो । खसी, बोकाको प्रतिकेजी ५५० र च्याङग्राको प्रतिकेजी ७३० रुपैयाँ मूल्यमा विक्री वितरण सुरु गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिनुभयो । 
हाल बजारमा जीउँदो खसीबोकाको मासु प्रतिकेजी ६२० रुपैयाँसम्म विक्री हुने गरेको छ । त्यसलाई घटाएर प्रतिकेजी ५५० मूल्य कायम गरिएको विभागले जनाएको छ । विभागले सरकारले सुपथ मूल्यमा विक्री वितरण गरेको खसी, बोका र च्याङग्राको मासु गुणस्तरीय रहेको पनि दावी गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले हाल मुस्ताङबाट ल्याइएको ५ सय वटा च्याङग्रा र वीरगंजबाट ल्याइएको ३८० वटा खसी, बोका दशैंको लागि विक्रीमा राखेको छ । २ हजार वटा च्याङग्रा र १ हजार खसी, बोका यस वर्षको दशैं, तिहार र छठ पर्वमा विक्री वितरण गर्ने सरकारको तयारी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: