×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन उपप्रधानमन्त्री पोखरेलको आह्वान ! (भिडियो रिपोर्ट)

काठमाडौँ  । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन सबैलाई आह्वान गर्नु भएको छ । उपप्रधानमन्त्री पोखरेलले कृषि, उद्योग, उर्जा, पर्यटन र पूर्वाधार क्षेत्रको विकास गरेर सरकारले मुलुकलाई समृद्ध बनाउन चाहेको स्पष्ट पार्दै त्यसैमा केन्द्रित भएर सबैले आ–आफ्नो नीति, कार्यक्रम र योजनालाई अघि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनुयो । 
उहाँले सबै राजनीतिक दलहरुलाई पनि ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय आकांक्षालाई सम्बोधन हुने गरी दृष्टिकोण अघि सार्न आग्रह गर्नु भयो । शनिबार काठमाडौंमा आयोजित ‘किसानहरुसँग सहकार्य’ कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा कृषि क्षेत्रको योगदानलाई बढाउन सरकारले भू– उपयोग नीतिमै परिवर्तन गर्न चाहेको पनि स्पष्ट पार्नुभयो ।
उपप्रधानमन्त्री पोखरेलले सरकारले नयाँ–नयाँ प्रविधि भित्रयाएर कृषि क्षेत्रको आधुनिकीकरण हुने गरी नीति, कार्यक्रम र योजना तय गरेको दावी पनि गर्नुभयो । हेर्नुहोस भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: