सेयरधनीहरुलाई जानकी फाइनान्सले २२% बोनस सेयर दिने, साथमा कर तिर्न नगद पनि !

काठमाडौं । जानकी फाइनान्सले बोनस सेयर दिने भएको छ । फाईनान्सले सेयरधनीहरुलाई २२% बोनस सेयर दिने भएको हो । फाईनान्सको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट उक्त बोनस सेयर दिने निर्णय गरेको हो । 

साथै जानकीले बोनसमा लाग्ने कर तिर्न १.१६% नगद लाभांश पनि दिने भएको छ । हाल फाईनान्सको चुक्ता पुँजी ४९ करोड २१ लाख ४० हजार रुपैयाँ रहेको छ । २२% बोनस वितरणपछि पुँजी ६० करोड ४ लाख १० हजार रुपैयाँ पुग्नेछ ।


प्रकाशित मिति : Sunday, September 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal