×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

लघुवित्त बैंकर्स संघमा नयाँ कार्यसमिति, अध्यक्षमा बसन्तराज लम्साल निर्विरोध निर्वाचित !

काठमाडौँ । नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्ष बसन्तराज लम्साल निर्विरोध निर्वाचित भएका छन् । आइतबार सम्पन्न संघको १३औँ वार्षिक साधारणसभाले लम्साललाई आगामी २ वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित गरेको हो । लम्साल विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन् ।
संघको उपाध्यक्षमा फष्ट माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थी निर्वाचित भएका छन् भने ओमेन माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत प्रवेश आचार्य सचिवमा निर्विरोध निर्वाचित भएका छन् । यस्तै महासचिवमा नेशनल माइक्रोफाइनान्सका सीईओ राम बहादुर यादवले डेप्रोक्सका सीईओ अमराज खड्कालाई पराजित गरेका छन । कोषाध्यक्षमा मेरो माइक्रोफाइनान्सका रामहरि दाहालले उन्नतिका प्रेम पाठकलाई पराजित गरेका छन् ।
त्यस्तै, ६ जना सदस्यमा स्ववलम्बन लघुवित्तका भोजराज बस्याल, सबैको लघुवित्तका केशब पौडेल, समिट लघुवित्तका देबेन्द्र बहादर बस्नेत, कालिका लघुवित्तका मिनबहादुर बोहोरा, फरवार्ड कम्युनिटीका आस नारायण चौधरी र इन्द्रकुमार बानियाँ निर्वाचित भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: