लक्ष्मी लघुवित्तले गर्यो सेयरधनीलाई २६.३२% लाभांश दिने घोषणा, बोनस र नगद कति ?

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश दिने भएको छ । संस्थाले २६.३२% लाभांश दिने घोषणा गरेको हो । संस्थाको मंगलबार बसेको सञ्चालक समिति बैठकले २०७५/७६ को नाफाबाट १५% बोनस सेयर र ११.३२% नगद वितरण गर्ने घोषणा गरेको हो । 

लक्ष्मीले ३ करोड ६३ लाख रुपैयाँ बराबरको बोनस वितरण गर्ने जनाएको छ भने २ करोड ७३ लाख ८४ हजार २११ रुपैयाँ नगद बाँड्नेछ । 

बोनस वितरणपछि यस संस्थाको चुक्ता पुँजी २७ करोड ८३ लाख रुपैयाँ पुग्नेछ । 
प्रकाशित मिति : Wednesday, September 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal