को बन्ला नेपाल बैंक लिमिटेडको सिईओ ? छनोट प्रक्रिया अन्तिम चरणमा !

काठमाडौँ - नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को नियुक्ति प्रक्रिया अन्तिम चरणमा रहेको छ । स्रोतका अनुसार बैंकले दशैं अगाडिनै सीईओ पाउने संकेत देखिएको छ ।  नेपाल बैंकको उक्त पद करिब छ महिनादेखि रिक्त रहेको छ । बैंकको सीईओ छनौट सिफारिस समितिले छनौट प्रक्रिया अन्तिम चरणमा रहेको  जानकरी दिएको छ । 

बैंकको उक्त पदका लागि १४ जनाले आवेदन पेश गरेका थिए । मूल्यांकन कमिटीले आवेदक १४ सिईओका प्रस्तावकमध्ये ५ ओटाको सर्टलिष्ट गरेको छ । सर्टलिष्टमा परेका ५ जनाले पेश गरेका प्रस्तावहरु उपर समितिले सम्बन्धित आबेदकलाई ‘पावरपोइन्ट प्रिजिन्टसन’ गर्न लगाउँदैछ । 

यस्तै ५ जनाले पेश गरेको प्रस्तावबाट स्कोरसहित उत्कृष्ट ३ जनाको नाम मूल्यांकन समितिले बोर्डमा पठाउँने गर्दछ । बोर्डले अर्थ मन्त्रालयको सहमतिमा ३ जनामध्ये एकलाई प्रमुख कार्यकारीको रुपमा नियुक्त गर्ने प्रावधान छ ।
प्रकाशित मिति : Monday, September 23, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal