×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तीन अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, मध्याह्न ३ बजे बोलकबोल !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ३ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले असोज १३ गते (सोमबार) बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
राष्ट्र बैंकले बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलहरू ९१ र १८२ दिन अवधिका छन् । ९१ दिनको १० करोड रुपैयाँ  बराबरको उक्त ट्रेजरी बिल पुस १५ गते परिपक्व हुनेछ भने १८२ दिनको ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल चैत्र १८ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।
बोलकबोल मार्फत बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमा सोमबार मध्याह्न ३ बजेसम्म अनलाईन विडिङ्ग प्रणाली मार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: