एनआइबीएल एस क्यापिटलको साधारणसभा असोज १३ मा, २० प्रतिशत नगद लाभांशको प्रस्ताव पेश हुने !

काठमाडौं । एनआइबीएल एस क्यापिटलले ७औं वार्षिक साधारणसभा असोज १३ गते बोलाएको छ । सभा कम्पनीको रजिष्टार्ड कार्यालय लाजिम्पाट, काठमाडौंमा बिहान ११ः३० बजे बस्ने जनाईएको छ । सभामा कम्पनीले चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश दिने (कर सहित) प्रस्ताव पेश गर्ने भएको छ भने नगद लाभांश प्रयोजनका लागि कम्पनीले ५ करोड ४० लाख रुपैयाँ छुट्याएको छ । 

साधारणसभामा आर्थिक वर्ष २०७५/७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनुका साथैं आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको ।
प्रकाशित मिति : Monday, September 09, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal