ललितपुर जिल्ला अदालत परिसरमा एनआईसी एशिया बैंकको एक्स्टेन्सन काउण्टर र एटिएम मेसिन राखिने !

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र ललितपुर जिल्ला अदालत लगनखेल, ललितपुरबीच जिल्ला अदालत परिसरमा एक्स्टेन्सन काउण्टर र एटिएम मेसिन संचालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको छ ।

सो सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र ललितपुर जिल्ला अदालत लगनखेलको तर्फबाट अदालतका श्रेस्तेदार नगेन्द्रकुमार कालाखेतीले हस्ताक्षर गरेका छन् । ललितपुर जिल्ला अदालत परिसरमा एक्स्टेन्सन काउण्टर र एटिएम मेसिन संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने विश्वास बैंकले लिएको छ ।
प्रकाशित मिति : Wednesday, September 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal