×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चाडपर्व लक्षित ७३ वटा सहुलियत पसल, हेर्नुहोस् कुन सामानमा कति छुट पाईन्छ ?

काठमाडौँ । हरेक वर्षहरु जस्तै यस वर्ष पनि चाडपर्वलक्षित गरी विभिन्न स्थानमा सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । सरकारले आमउपभोक्ताको सहजताका लागी विभिन्न स्थानमा ७३ वटा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको हो । दसैं, तिहार र छठपर्वलाई लक्षित गरेर उक्त पसलहरु संचालनमा ल्याउन लगिएको हो । 
पहिलो एकीकृत सहुलियत पसल काठमाडौँको रामशाहपथको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले गरेपछि विधिवत् रुपमा सबै ठाउँमा सहुलियत पसलहरु सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । 
यस्तै सो पसलहरु साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दूग्ध विकास संस्थाले सञ्चालन गर्दैछन भने जसमा काठमाडौँमा तीनवटा घुम्ती पसल हुनेछन् । साल्ट ट्रेडिङले देशभर ३५, व्यापार कम्पनीले २३ र दुग्ध विकास संस्थानले १५ वटा सहुलियत पसल सञ्चालन गर्ने बताइएको छ । 
साल्ट ट्रेडिङले कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर,भक्तपुरलगायतका स्थानमा ९ वटा अन्य स्थान र ३ वटा घुम्तीसहित काठमाडौं उपत्यकामा ११ वटा पसल सञ्चालन गर्नेछ । उपत्यकाबाहिर विभिन्न जिल्लामा साल्ट ट्रेडिङले २४ वटा यस्ता पसल सञ्चालन गर्नेछ ।
दुग्ध विकास संस्थानले पनि काठमाडौं उपत्यकामा ४ र उपत्यकाबाहिर ११ वटा स्थानमा सहुलियत पसल सञ्चालन गर्नेछ । 
व्यापार कम्पनीले काठमाडौं, भक्तपुर र ललितपुरमा ५ र अन्य जिल्लामा १८ वटा पसल सञ्चालन गर्ने भएको छ ।सुपथ मूल्य पसलमा मोटा चामल र चिनीमा प्रति किलो ५  रुपियाँ, नुनमा प्रति किलो २ रुपैयाँ, मसिनो चामल र गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ छुट पाइनेछ भने च्याँग्रा र खसी बोकामा प्रतिकिलो १० रुपैयाँ तथा डीडीसी घ्यू ५० रुपैयाँ र पनिरमा प्रतिकिलो १० रुपैयाँ छुट पाइनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: