×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ संशोधन भएको पत्रकार आचार संहिता (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

यस्तो छ संशोधन भएको पत्रकार आचार संहिता (भिडियो रिपोर्ट)

काठमाडौँ । प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघले पत्रकारहरुको लागि आचार संहिता सार्वजनिक गरेका छन् । सोमबार काठमाडौँमा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले संयुक्त रुपमा हस्ताक्षर गरि आचार संहिता सार्वजनिक गर्नु भएको हो । सोमबारबाट नै लागु भएको आचार संहिता पत्रकार आचार संहिता २०७३ को संसोधित स्वरूप हो । 
यो आचार संहिताले बदलिदो परिवेश र पत्रकारिताको नयाँ अभ्यास सुहाउदो आचार संहिता बनाइएको प्रेस काउन्सिलले बताएको छ । कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सरकारले बदनियत राखेर प्रेसलाई अंकुश लगाउन अगाडी स्वनियम हुन सक्ने गरि यो आचार संहिता बनाइएको बताउनु भयो । आचार संहिता लागु भए पछि समाचार लेखेको आधारमा फौजदारी अभियोग लागेर जेल जानु पर्ने अवस्था न आउने विश्वाश ब्यक्त गर्नुभयो ।
सोमबारबाट जारि भएको आचार संहितामा मुख्यगरी सामाजिक संजाल र अनलाइन मिडियालाई स्वनियम हुने गरि जारि गरेको बताइएको छ । अनर्गल समाचार लेख्ने व्यक्तिगत मानमर्दन हुनेगरी समाचार लेख्ने संचार गृहलाई कालोसूचीमा राखेर कारबाही हुन सक्ने प्रावधान यस आचार संहितामा राखिएको छ । 
यस्तै आचार संहिताले सामाजिक संजाल प्रयोगकर्ताहरुले राखेको बिबरणको आधारमा संचारमाध्यमले समाचार बनाई प्रकाशन प्रशारण गरे संचार मध्यम आफुले गरे सरह हुने भन्दै सचेत पनि गराएको छ । हेर्नुहोस् भिडिय
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: