नेपाल राष्ट्र बैंकले ४ अर्ब २६ करोड रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने, अपराह्न ३ बजे बोलकबोल हुने !

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार (आज) ४ अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सोमबार अपराह्न ३ बजे बोलकबोल हुने उक्त ट्रेजरी बिल मंगलबार जारी हुनेछ भने सो ट्रेजरी ९१ दिने २ अर्ब २६ करोडको र एक वर्ष अवधिको २ अर्बको रहेको छ ।

९१ दिन अवधिको ट्रेजरी बिल मंसिर २४ गते परिपक्व हुनेछ भने १ वर्ष अवधिको ट्रेजरी ०७७ भदौ २३ मा परिपक्व हुनेछ । राष्ट्र बैंकले यसअघि गत १६ गते ९१ दिने अवधिको ३ अर्ब १३ करोडको र १ सय ८२ दिन अवधिको ५ अर्ब ५२ करोडको ट्रेजरी जारी गरेको थियो ।

प्रकाशित मिति : Monday, September 09, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal