×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राष्ट्र बैंकले पठायो १०० रुपैयाँ दरका नयाँ नोट बजारमा, यस्ता छन् विशेषताहरु !

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार (असोज ७ गते) देखि एक सय दरका नयाँ नोट प्रचलनमा ल्याएको छ । बैंकले साबिककै आकार प्रकार तथा रंगमा संकेत नं. ओ/१८ ०००००१ देखि क/३७ ९९९९९९ सम्मका नयाँ नोट प्रचलनमा ल्याएको हो ।
हाल चलन चल्तिमा रहेका १ सय दरका नोटमा केहि विशेषताहरु परिवर्तन गरी प्रचलनमा न्येको हो भने नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र रहेको छ भने मध्य भागमा पृष्ठभूमिमा नेपालको नक्सा रहेको छ । अशोक स्तम्भको चित्रका साथै LUMBINI THE BIRTH PLACE OF LORD BUDDHA लेखिएको छ ।
अशोक स्तम्भसँगै दृष्टि बिहीनहरूलाई नोट पहिचानका लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको केन्द्रीय बैंकले जनाएको छ । अशोक स्तम्भको बायाँतर्फ अण्डाकार भित्र ‘सिल्भर मेटालिक’मा मायादेवीको चित्र रहेको छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप पनि छ । नोटको तल्लो भागमा गभर्नर डा. चिरञ्जीवी नेपालको हस्ताक्षर छ भने नोटको बोर्डरमा नोटको ‘सेरिज नम्बर’ नेपालीमा वि.सं २०७५ लेखिएको छ । 
नोटको अर्कोपट्टीको मध्य भागमा अंग्रेजीमा NEPAL RASTRA BANK लेखिएको छ । नोटको बोर्डरमा नोटको ‘सेरिज नम्बर’ अंग्रेजीमा 2019 AD लेखिएको छ । साथै नोटको मध्य भागको तलपट्टी अंग्रेजीमा RUPEES ONE HUNDRED लेखिएको र नोटको मध्य भागमा एक सिंगे गैंडाको माउ र बच्चाको चित्र राखिएको राष्ट्र बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: