×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कक्षा ११ को परीक्षाको नतिजा सार्वजनिक : कुल ४१.७० प्रतिशत परीक्षार्थीहरु उत्तिर्ण, नतिजा यसरी हेर्नुहोस् !

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाको नतिजा असोज ७ गते (मंगलबार) सार्वजनिक गरेको छ । देशभरका पुराना र नयाँ परीक्षार्थीहरु गरी कुल ५ लाख ९ हजार ५२ जना परीक्षार्थीहरुले परिक्षा दिएका थिए । जसमध्ये नियमिततर्फ ३ लाख ४९ हजार ६०३ जना, आंशिक ग्रेडवृद्धितर्फ १ लाख ४२ हजार ३४५ जना र आंशिक अङ्काङ्कनतर्फ १७ हजार १०४ जना सहभागि रहेका थिए । 
परीक्षार्थीले परीक्षाफल बोर्डको वेबसाइट, नेपाल टेकिलकमको वेबसाइट लगायत माध्यमबाट हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको  छ । कूल ६२ जना परीक्षार्थीहरुको परीक्षा रद्ध भएको छ भने आंशिक अङ्काङ्कनतर्फ १७ हजार १०४ विद्याथीले परीक्षा दिएकोमा ४१.७० प्रतिशत परीक्षार्थीहरु उत्तिर्ण भएका छन् ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: