आरएसडीसी लघुवित्तले गर्यो बोनस सेयर र नगद लाभांश दिने घोषणा, बोनस र नगद कति ?

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले बोनस सेयर र नगद लाभांश दिने भएको छ । संस्थाको आइतबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई गत वर्षको नाफाबाट ६% बोनस सेयर र १०% नगद लाभांश दिने निर्णय गरेको हो ।

संस्थाले ३ करोड ८० लाख १० हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने ६ करोड ३३ लाख ५१ हजार रुपैयाँ नगद लाभांश बाँड्नेछ । 

हाल संस्थाको चुक्ता पुँजी ६३ करोड ३५ लाख १२ हजार रुपैयाँ रहेको छ । बोनस वितरण पश्चात आरएसडीसीको चुक्ता पुँजी ६७ करोड १५ लाख २२ हजार रुपैयाँ पुग्नेछ । 



प्रकाशित मिति : Sunday, September 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal