समता लघुवित्त वित्तीय संस्थाले २०० प्रतिशत हकप्रद जारी गर्ने, असोज १ गते बुक क्लोज !

काठमाडौं । २००% हकप्रद जारी गर्नका लागी समता लघुवित्त वित्तीय संस्थाले असोज १ गते बुक क्लोज गर्ने भएको छ । संस्थाले १२ करोड १२ लाख ४४ हजार रुपैयाँ बराबरको हकप्रद लागेको हो । उक्त हकप्रद बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्ने भएको छ । 

भदौ ३१ गते कायम सेयरधनीले प्रस्तावित हकप्रदमा आवेदन दिन सक्नेछन् । संस्थाले प्रतिसेयर १०० रुपैयाँ दरले १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद खुला हुने मिति भने तय भएको छैन ।
प्रकाशित मिति : Wednesday, September 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal