×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

संयोग कि ‘सेटिङ्ग’ ? खानेपानी मन्त्रीकै घरबेटीले पाए मेलम्ची खानेपानीको ठेक्का !

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल एवम् खानेपानीमन्त्री विना मगरका घरबेटी शारदाप्रसाद अधिकारीले मेलम्ची खानेपानीको बाँकी ठेक्का पाएका छन् । विवादित कम्पनी शैलुङ कन्स्ट्रक्सनले मेलम्ची खानेपानी आयोजनाको डेढ अर्ब रुपैयाँको नयाँ ठेक्का पाएको हो । 
थोरै रकम कबोलेका कारणले शैलुङसँग मेलम्चीको पाइपलाइन विस्तारको काममा सम्झौता गरिएको मेलम्चीखानेपानी आयोजनाले जनाएको छ । यद्यपि प्रचण्डसँग नजिक भएका कारण उनले सो ठेक्का पाएको आरोप लागेको छ । 
अनामनगरस्थित आयोजना निर्देशनालय कार्यालयले १ अर्ब ४१ करोड ६९ लाख २२ हजार ७६० रुपैयाँमा उक्त कम्पनीसँग ठेक्का सम्झौता गरेको हो । साढे २ वर्षभित्र काम सक्ने गरी शैलुङसँग चार महिनाअघि निर्देशनालयले सम्झौता गरेको हो । गृह मन्त्रालयका अनुसार शैलुङ निर्माण क्षेत्रमा ‘बदमासी’ गर्ने ‘क’ वर्गको ठेकेदार कम्पनी हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: