मंगलबार घटेको सुनको भाउ बुधबार कति ?

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार प्रति तोला ७१ हजार रुपैयाँ कारोबार भईरहेको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ । 

यता चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रति तोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ८ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ५४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
प्रकाशित मिति : Wednesday, September 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal