घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ - साताको कारोबारको पहिलो दिन आइतबर सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार प्रति तोला ७२ हजार मूल्यमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले घटेर प्रति तोला ७१ हजार ५ सय मूल्यमा कारोबार भईरहेको छ । 

यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रति तोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ३ सय तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ५९ रुपैयाँ कायम गरेको छ ।
प्रकाशित मिति : Sunday, September 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal