×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

६७ लाखको खल्तीमा डेबिट कार्ड, तपाईसँग कुन – कुन बैंकका छन् ?

काठमाडौँ – पछिल्लो समय वित्तीय पहुँच विस्तार भएसँगै प्रविधिका प्रयोगकर्ताहरु पनि बढेका छन् । नेपालका बैंक तथा वित्तीय क्षेत्रमा भित्रिएका विभिन्न प्रविधिमध्ये एक हो – डेबिट कार्ड । अर्थात एटिएम कार्ड । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार नेपालमा हाल कुल ६७ लाख ८ हजार ५ सय २१ जनाले डेबिट कार्ड प्रयोग गरेका छन् । 
२०७६ असार मसान्तसम्म एटिएमको संख्या ३ हजार ३ सय १६ पुगेको छ । गत वर्षको सोहि अवधिमा एटिएमको संख्या २ हजार ७ सय ९१ मात्र रहेको थियो । जुन तथ्यांक राष्ट्र बैंकको एक अध्ययले देखाएको हो । 
डेबिट कार्डका प्रयोगकर्ताको मात्र नभई क्रेडिट कार्ड प्रयोग गर्नेहरुको संख्यामा पनि बृद्धि भएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार क्रेडिट कार्ड लिनेको संख्या १ लाख २३ हजार १ सय ४६ पुगेको छ । यस्तै मोबाइल बैङ्किङ प्रयोगकर्ताको संख्या पनि ३ वर्षमा ५ गुणाले बृद्धि भएको छ । हाल मोबाइल बैङ्किङको प्रयोगकर्ता ८३ लाख ४७ हजार छन् । यस्तै इन्टरनेट बैङ्किङ्ग प्रयोगकर्ताको संख्या पनि ५ लाखबाट बढेर ९ लाख पुगेको छ । 
२०७६ असार मसान्तमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा १४ लाख ४० हजार कर्जा खाता रहेका छन् । २०७५ असार मसान्तमा यो संख्या १३ लाख १ हजार रहेको थियो । 
२०७६ असार मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा खोलिएका व्यक्तिगत निक्षेप खाताको संख्या २ करोड ७८ लाख ६७ हजार पुगेको राष्ट्र बैंकले जनाएको छ। २०७५ असार मसान्तमा यसको संख्या २ करोड ३५ लाख ४५ हजार थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: