×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

दुई वाणिज्य बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

काठमाडौं । प्रभु बैंक र नेपाल एसबीआई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक भएको नयाँ ब्याजदर अनुसार दुवै बैंकको निक्षेपमा संस्थागततर्फ र व्यक्तिगततर्फ बराबर ब्याज रहेको छ । 
दुवै बैंकको निक्षेपमा संस्थागततर्फ ८.५० र व्यक्तिगततर्फ ९.२५ प्रतिशत ब्याज रहेको छ । प्रभु बैंकले बचत खातामा सबैभन्दा बढी ६.५० प्रतिशत ब्याज दिनेछ भने नेपाल एसबीआई बैंकले सबैभन्दा बढी ५ र सबैभन्दा कम २ प्रतिशत ब्याज दिने भएको छ । हाल प्रभु बैंकले १८ प्रकारका बचत खाता सञ्चालन गरिरहेको छ भने नेपाल एसबीआई बैंकका २० वटा बचत खाताहरु सञ्चालनमा रहेका छन् । 
प्रभु बैंकबाट ऋण लिँदा सबैभन्दा बढी १४.२४ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ । यस्तै सेयर धितोकर्जा, हायर पर्चेज, होम लोन, शैक्षिक धितोकर्जा लिँदा १४.२४ प्रतिशत ब्याज तिर्नुपर्नेछ । 
यस्तै नेपाल एसबीआई बैंकबाट ऋण लिँदा सबैभन्दा बढी १६.६९ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ भने घर जग्गा कर्जा लिँदा १६.६९ प्रतिशत ब्याज तिर्नुपर्नेछ । सेयर कितोकर्जा, सर्ट टर्म, प्रोजेक्ट फाइनान्स लोन लिँदा १५.९४ प्रतिशतसम्म र अटो लोन १५.४४, शैक्षिक धितो कर्जा १४.९४ प्रतिशत ब्याज तिर्नुपर्नेछ । 
प्रभु बैंकको साउन मसान्तसम्मको आधार दर ९.२४ प्रतिशत रहेको छ भने नेपाल एसबीआई बैंकको हाल आधार दर ९.९४ प्रतिशत रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: