×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंमा २३ जना निर्माण सामग्री डिपोका संचालक पक्राउ, ३५ वटा ट्रक पनि प्रहरीको नियन्त्रणमा !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

काठमाडौंमा २३ जना निर्माण सामग्री डिपोका संचालक पक्राउ, ३५ वटा ट्रक पनि प्रहरीको नियन्त्रणमा !

काठमाडौँ । निर्माण सामग्री विक्रीमा ठगी गरेको आरोपमा शुक्रबार काठमाडौंमा २३ वटा डिपोका संचालकहरु पक्राउ परेका छन । महानगरीय अपराध महाशाखाले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी स्वयम्भू, बालाजु र महाराजगंजबाट ईटा, गिटी, बालुवालगायतका निर्माण सामग्री ठगीको आरोपमा २३ वटा डिपोका संचालकहरु पक्राउ गरिएको जानकारी गराएको हो । उपभोक्ता हित संरक्षण मंचलगायतले उजुरी जारी गरेपछि छापा मार्दा २३ वटा डिपोका संचालकहरुलाई पक्राउ गरी गठी मुद्दामा अनुसन्धान सुरु गरिएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनु भयो । उनीहरुको साथबाट प्रहरीले ३५ वटा ट्रक पनि नियन्त्रणमा लिएको छ ।
महाशाखाका अनुसार उनीहरुले ट्रक भित्रै बाकसजस्ता फलामका बस्तु बनाएर निर्माण सामग्रीको विक्रीमा ठगी गर्ने गरेको पाइएको छ । वरिष्ठ प्रहरी उपरीक्षक थापाले काठमाडौंमा निर्माण सामग्रीको ठगीमा परेका उपभोक्तालाई प्रहरीमा उजुरी दिन आग्रह गर्दै सम्बन्धित डिपोबाट क्षतिपूर्ति दिने व्यवस्था मिलाउने पनि बताउनु भयो । यसरी ठगी गरी पक्राउ पर्नेमा ‘बाघे’ भनिने जेबिएस सप्लायर्सका सुकबहादुर लामा पनि रहेका छन । उनले स्वयम्भूमा संचालन गरिरहेको डिपोबाट बालुवा विक्री गर्दै आएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: