×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आशा लघुवित्तको साधारणसभा बिहीबार हुँदै, यस्ता छन् एजेण्डा

एजिएम नोटिस :
कम्पनी : आशा लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधरणसभा 
हुने मिति : बिहीबार (कात्तिक ७ गते)

विवरण :
आशा लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभा बिहीबार (कात्तिक ७ गते) हुने भएको छ । सभा प्रयोजनका लागि संस्थाले असोज १५ गतेदेखि कात्तिक ७ गतेसम्म बुक क्लोज गरेको छ ।
सभामा पेस हुने प्रस्तावहरु :
१२% बोनस सेयर दिने, 
अन्य कुनै वित्तीय संस्थामा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने 
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
२०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
फल एन्ड ट्राउट भिलेज होटल एन्ड रेष्टुरेन्ट, ककनी नुवाकोटमा बिहान १० बजे
कम्पनी प्रोफाइल : 
चुक्ता पुँजी : २० करोड ७४ लाख रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : २३ करोड २२ लाख ८८ हजार रुपैयाँ पुग्ने
 गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३ करोड ९१ लाख ७९ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : १८ रुपैयाँ ८९ पैसा

प्रतिसेयर नेटवर्थ : ११८ रुपैयाँ ७८ पैसा

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: