कृषि विकास बैंकद्वारा माईतीघरमण्डलामा बनाइयो आकर्षक रङगोली

काठमाडौं - नेपाली संस्कृति झल्किने गरी कृषि विकास बैंकद्वारा माईतीघरमण्डलामा रङगोली सहितका चित्र आकर्षण ढंगले कोरिएको छ । छिमेकी राष्ट्र चिनका महामहिम राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणलाई लक्षित गरी उक्त कार्यक्रम गरेको हो ।

मण्डलामा आकर्षण फूलका बिरुवाहरुका साथै फलफुलको बिरुवा समेत लगाईएको छ जसले मण्डलालाई हराभरा बनाएको छ भने रातको समयमा ईलेक्ट्रीकवोर्डमो डिसपेले भएको वृतचित्रले नेपालको संस्कृितलाई समेटेको देख्दा छुट्टै आनन्दको महसुस गरिएको थियो ।

चिनका महामहिम राष्ट्रपति लगायत सम्पूर्ण पाहुनाहरुको मुख्य आकर्षणको केन्द्र विन्दु नै माईतिघरमण्डला भएको भान सबैले महसुुस गरेको देखिन्छ । साथै आज भोली माईतिघर मण्डला आम मानिसको सेल्फि खिच्ने केन्द्र विन्दु भएको छ ।
प्रकाशित मिति : Monday, October 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal