×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अजोड इन्स्योरेन्सले ३० लाख कित्ता आइपिओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल !

काठमाडौं – अजोड इन्स्योरेन्सले ३० लाख कित्ता आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त सेयर निष्काशन गर्नको लागि बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित दरले ३० करोड रुपैयाँ बराबरको आइपिओ सर्वसाधारणहरुमा निष्काशन गर्न एनआईबिएल एसलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
बिक्री प्रबन्धकमा नियुक्ति सम्बन्धी सम्झौता पत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । सम्झौता गरेसँगै अब एनआईबिएल एसले इन्स्योरेन्सको सेयर बिक्री सम्बन्धी सम्पूर्ण काम गर्ने छ ।
हाल इन्स्योरेन्सको अधिकृत पूँजी १ अर्ब, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: