×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चलचित्र ‘६ माया छपक्कै’मा लेखापरीक्षकको गैरकानुनी प्रचार ! अडिटर सा’प भन्छन्, ‘गल्ती भयो, अवदेखि यस्तो हुँदैन…’

काठमाडौँ । लेखाव्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को नियम अनुसार लेखापरिक्षणसम्बन्धि कुनै पनि किसिमको प्रचार प्रसार गर्न पाईदैन । ‘हामी लेखापरिक्षण गर्छौँ वा फलानो कम्पनीको लेखापरिक्षक हामी हौँ’ भन्ने तथ्य कतै पनि उल्लेख गर्न नपाइने स्पष्ट नियम छ । तर भारतीय चलन भन्दै नेपाली चलचित्रहरुमा लेखापरिक्षकको नाम उल्लेख गरेर गैरकानुनी काम गरिएको पाइएको छ ।
कमेडी चलचित्रहरु पस्किएर दर्शकको मन जित्न सफल दीपक राज गिरीको टिमले बनाएको चलचित्र ‘६ माया छपक्कै’मा पनि यस्तो गैरकानुनी कामले प्रसय पाएको देखिएको छ । चलचित्रमा अडिटर भनेर दुई लेखापरिक्षकको नाम उल्लेख गरेको पाइएको छ । आइक्यानको नियम अनुसार यो सरासर कानुनविपरितको काम हो । यस विषयमा थप बुझ्दै जाँदा यसअघि सोहि टिमले बनाएको चलचित्र छक्का पन्जा ३ लगायतमा पनि उनको नाम उल्लेख भएको रहेछ । नेपाल अडिटर्स एसोसिएसनकै जिम्मेवार पदमा रहेका दोल प्रसाद दाहालको नामसमेत चलचित्रमा उल्लेख छ ।
के भन्छन् डोलप्रसाद ?
चलचित्र हेर्दा डोलप्रसाद दाहालको नाम अडिटरका रुपमा देखेपछि हामीले दाहालसँग यस विषयमा सम्पर्क गरेका थियौं । उनले चलचित्रमा अडिटरको नाम उल्लेख गर्नु ठिक नभएको र आफुलाई चलचित्रमा आफ्नो नाम छ भन्नेसमेत थाहा नभएको दाबी गरे । ‘मैले फिल्म हेरेको छैन । मलाई सोधेर राखिएको पनि होइन । त्यसरी अडिटर नै भनेर राख्नु गलत हो । बरु ‘धन्यवाद’ भनेर राखिदिएको भए हुन्थ्यो । वा अडिटर नलेखी मलाइ धन्यवाद दिइएको भए हुन्थ्यो । अव यसपाली हटाउन नमिल्ला । अर्को फिल्ममा म यस्तो राख्नु हुँदैन भनेर सम्झाउँछु ।’ उनले भने ।
‘अडिटर्स एसोसिएसनमै भएको मान्छेले यस्तो गलत काम गर्ने हो त ?’ भन्ने हाम्रो प्रतिप्रश्नमा उनले भने, ‘मलाई सोधेको भए यस्तो राख्न हुन्न भन्थें । मलाइ सोध्दै नसोधी नाम राखिएको रहेछ । मैले त हेरेको पनि छैन फिल्म ।’ उनले पूरानै कुरा दोहोर्याए । तर यसअघिको फिल्म ‘छक्का पन्जा ३ मा पनि यहि गल्ती रहेछ नि त ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘हो ! त्यो नराख्नुपर्ने थियो, राखिदिएछन् । यसपाली पनि राखे होलान् । तर यसरी राख्न मिल्दैन । भारतमाचाहिं राख्ने चलन छ । हाम्रो आइक्यानले त्यसरी राख्न दिंदैन । म अर्को पटक देखि नराख्नु भन्छु ।’ उनले भने । यस विषयमा बुझ्न खोज्दा दीपक राज गिरीसँग भने सम्पर्क हुन सकेन । 
यता चलचित्र भने निकै राम्रो बनेको प्रतिर्किया दर्शकको छ । युद्धाताकाको एक घटनालाई फिल्ममा निकै सुन्दर तरिकाले प्रस्तुत गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: