कात्तिक १३ गते सार्वजनिक विदा !

काठमाडौं । सरकारले कात्तिक १३ गते पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ । काठमाडौं उपत्यकाका नेवार समुदायले आफूहरुको भाइटीका पर्नेभन्दै कात्तिक १३ गते विदा माग गरेकोमा सरकारले यस्तो निर्णय गरेको हो । 

गृह मन्त्रालयका अनुसार तिथिअनुसार नेवार समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भएकाले उक्त दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । 

पाञ्चांग निर्णायक समितिका अनुसार भने तिहारको भाइटीका कात्तिक १२ गते तोकिएको छ ।
प्रकाशित मिति : Thursday, October 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal