×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

खानेपानीमन्त्री मगरद्वारा गुहेश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको निरीक्षण, ९५ प्रतिशत काम सम्पन्न ! (भिडियो रिपोर्ट)

काठमाडौँ । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले गुहेश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको निरीक्षण गर्नुभएको छ । खानेपानी मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले गुहेश्वरीमा निर्माण गरिरहेको फोहोर पानी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुग्दै गर्दा मन्त्री मगरले सनिबार बिहान स्थलगत निरीक्षण गर्नुभएको हो । निरीक्षणपछि उहाँले पशुपति क्षेत्रस्थित बागमति नदीमा बग्ने पानीलाई सफा पानी बनाउने लक्ष्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । 
आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भईसकेको भन्दै उहाँले सबैको चाहाना अनुसार बागमतिलाई प्राण भरेर कंचन पानी बग्ने व्यवस्था मिलाउने बताउनुभयो । उहाँले बढ्दो शहरीकरणले सबै शहरमा ढल व्यवस्थापनको समस्या बढ्दै गएको उल्लेख गर्दै काठमाण्डौमा भने चुनौतिपुर्ण नै बनेको बताउनुभयो ।
उहाँले फोहरको व्यवस्थापकिय पक्ष प्रति मन्त्रालय गम्भीर रहेको भन्दै बागमतीको महत्वलाई कायम राख्दै जीवन्त बनाई सबै किसिमको धार्मिक संस्कारलाई सहजीकरण हुने गरि व्यवस्था मिलाईने आश्वासन पनि दिनुभयो । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: