बैंक अफ काठमाण्डूले गर्यो नयाँ ब्याजदर सार्वजनिक, निक्षेप र बचतमा कति ? (भिडियो रिपोर्ट)


काठमाडाैं -बैंक  अफ काठमाण्डूले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बुधबारदेखि लागु हुने गरी नयाँ ब्याज दर सार्बजनिक गरेको हो । सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दती निक्षेपमा ९.२५% ब्याज दिने भएको छ भने बचतमा ४ देखि ६% ब्याज दिने भएको छ ।

बैंकले तीन महिनादेखि ६ महिना अवधिसम्मकाे संस्थागत निक्षेपमा ७.५०%, ६ महिनादेखि १ वर्षकाे निक्षेपमा ८%, १ वर्ष भन्दा माथिकाे निक्षेपलाई ८.५०% ब्याजदर तोकेको छ ।

बैंकले विभिन्न प्रकृतिका कर्जाहरुको पनि ब्याजदर तोकेको छ । ओर्किङ क्यापिटल लोन ६% ब्याज लिने भएको छ । यस्तै शैक्षिक कर्जाका लागि ६% र रिटेल कर्जाका लागि पनि ६% ब्याज लिने जनाएको छ ।

प्रकाशित मिति : Wednesday, October 16, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal