×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बोटलर्स नेपालले गर्यो लाभांश दिने घोषणा, कात्तिक २८ मा बोलायो साधरणसभा

काठमाडौं – बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु) ले लाभांश घोषणा गरेका छन्। दुवै कम्पनीले लाभांश घोषणका साथै वार्षिक साधारण सभामा पनि बोलाएका छन् । दुवै कम्पनीको साधारणसभा कात्तिक २८ गते हुने भएको छ । सभामा  बोटलर्स नेपाल (तराई) ले ४०% नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । तर बोटलर्स नेपाल (बालाजु) ले भने लाभांश सम्बन्धी कुनै एजेन्डा बनाएको छैन । 
दुवै कम्पनीको वार्षिक साधारण सभा होटल अन्नपूर्ण, दरबारमार्ग काठमाडौंमा बस्नेछ । तराईको सभा बिहान ११ बजे र बालाजुको अपराह्न ४ बजे सुरु हुनेछ । साधारण सभा गर्न दुवै कम्पनीले कात्तिक १४ देखि २८ गतेसम्म बुक क्लोज गर्नेछन् । कात्तिक १३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांशको हकदार बन्न पाउनेछन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: