×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्थ सरोकार समाचार प्रभाव : सेञ्चुरीका ‘नक्कली सर्टिफिकेटधारी’ सञ्चालकले दिए राजीनामा

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका ‘नक्कली सर्टिफिकेटधारी’ सञ्चालक लक्ष्मण कुमार श्रेष्ठले बैंकको संचालक समितिबाट राजीनामा दिएका छन् । उनले भारतबाट ल्याइएको नक्कली सर्टिफिकेट पेश गरेर संचालक पदमा बसेको भन्दै विभिन्न निकायमा उजुरी परेको खबर अर्थ सरोकार डटकमले केहि दिन अघि प्रकाशित गरेको थियो । छानविनका लागि विभिन्न निकायमा उजुरी परेपछि उनलाई बैंककै कर्मचारीहरुलेसमेत ‘नक्कली सर्टिफिकेटधारी’को उपनाम दिएका थिए ।  
बैंकका एक अर्का संचालकले उनले राजीनामा दिएको पुष्टि गरेका छन् । ‘सर्टिफिकेट नक्कली भन्ने समाचार आएपछि उहाँसँग यस विषयमा कुरा भयो । कुरा बाहिर नै आइसकेपछि राजीनामा दिनु नै उचित भएको सल्लाह भयो र अन्तत उहाँले राजीनामा दिनुभयो ।’ ती संचालकले अर्थ सरोकार डटकमसँग भने । 
अव यस विषयमा उनलाई के कारवाही हुन्छ भन्नेचाहिं हेर्न बाँकी छ । अझै पनि विभिन्न बैंकका संचालकहरु नक्कली सर्टिफिकेटकै आधारमा पदमा रहीरहेको आंकडा भएपनि नियामक निकायले यस विषयमा कुनै पनि अनुसन्धान गरेको पाइन्न ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: