×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रपतिले स्वागत गर्दा ‘सी’ले नेपालीमै भने ‘धन्यवाद’ !

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । राष्ट्रपति सी नेपाली समयअनुसार ४ः१० मा नेपाल आइपुगेका हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भन्डारीले स्वागत गरेकी छिन् । साथै सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु विमानस्थल पुगेका थिए । उच्च स्रोतका अनुसार उनले नेपालीमा ‘धन्यवाद’ भनेका थिए । 
राष्ट्रपति सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीनकुने, बानेश्वर, बबरमहल, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी हुँदै सोल्टी होटेलमा पुग्नेछन् । 
 
यस्तो छ राष्ट्रपति सीको कार्यतालिका
शनिबार
५ः०० बजे
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वागत
विमानस्थलमै सैनिक सलामी अर्पण
सोल्टी होटल प्रस्थान
६ बजे
राष्ट्रपति भवन शीतलनिवास प्रस्थान ।
६ः३० बजे
राष्ट्रपतिद्वयबीच भेट र भेटपछि सोल्टी होटल फिर्ता ।
७ः१५ बजे
प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट
७ः३० बजे
राजकीय भोजमा सहभागी, सुरसुधा ब्याण्डद्वारा साङ्गीतिक प्रस्तुति ।
आइतबार
१०ः३० बजे
नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता
११ः३० बजे
प्रधानमन्त्री केपी ओलीसँग भेट र द्विपक्षीय सम्झौता ।
१ः०० बजे
स्वदेश फिर्ता
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: