लामबगर र सिनामंगलमा सिटिजन्स बैंकको २ नयाँ शाखा विस्तार, शाखा सञ्जाल ८४ पुग्यो

काठमाडौँ
काठमाडौँ - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा ८३औं शाखा काठमाडौँको लामबगर र ८४औं शाखा काठमाडौँको सिनामंगलमा संचालनमा ल्याएको छ । बुधबार उक्त शाखा कार्यालयहरुमा पूजा पाठ गरी बैंकिङ्ग कारोबारको सुरुवात गरिएको हो ।

उक्त समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यी शाखाहरू मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।
प्रकाशित मिति : Thursday, October 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal