मोरङको पुष्पलालचोकमा सिभिल बैंकको नयाँ शाखा विस्तार, शाखा सञ्जाल १०० पुग्यो

मोरङ


काठमाडाैं - सिभिल बैंकले मोरङ जिल्लाको पुष्पलालचोकमा नयाँ शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर महानगरपालिकाका नगर प्रमुख भिम पराजुलीले गरेका हुन् ।

सोही समारोहमा सिभिल बैंकका क्षेत्र नं १ का प्रदेश प्रमुख सन्तोष कुमार बुढाथोकीद्वारा महिला जागृति तथा वृद्घ आश्रमलाई रु २५,००० को चेक पनि हस्तान्तरण गरिएको थियो ।

नेपालमै पहिलो पटक उक्त बैंकले बचतकर्ताहको समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको छ । साथै, बैंकको शाखा संख्या १०० र एटियम संख्या ६५ पुगेको छ ।
प्रकाशित मिति : Thursday, October 17, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal