सिभिल बैंकको नयाँ शाखा काँडाघारीमा, पाण्डे र थापाद्वारा उद्घाटन

काँडाघारी
काठमाडौं - सिभिल बैंक लिमिटेडलले काठमाडौेंको काँडाघारीमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक प्रतापजङ्ग पाण्डे तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले गरेका हुन् ।

कार्यक्रममा सभापति तथा सिभिल बैंकका संचालक प्रताप जङ्ग पाण्डेले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताएका छन् । सोही समारोहमा सिभिल बैंकका संचालक प्रताप जङ्ग पाण्डेद्वारा ईन्फिनिट एबिलिटि सेन्टरलाई २५ हजार रूपैयाँको चेक पनि हस्तान्तरण गरेका थिए ।

यसरी, सो बैंकले नेपालमा पहिलोपटक बचतकर्ताहरुले समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना पनि ल्याएको छ । उक्त बैंकको शाखा संख्या १०० र एटिएम संख्या ६५ पुगेको छ ।
प्रकाशित मिति : Friday, October 18, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal