दुर्गेश थापा पक्राउ परेपछि 'ह्याप्पी-तिहार...चिसो बियर', गीत ब्याण्ड, युट्युबबाट हट्यो !


काठमाडौं – महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले गायक दुर्गेश थापालाई पक्राउ गरेपछि ‘ह्याप्पी तिहार’ बोलको गीतलाई प्रतिबन्ध लगाउने तयारी गरिएको छ । उक्त गीतले सामाजिक सद्भावमाथि खलल पुर्याएको भन्दै उक्त गीत ब्याण्ड गर्न लागिएको हो ।

अहिले उक्त गीत युट्युबबाट हटेको छ । प्रहरीले उनलाई युट्युबबाट गीत हटाएमात्र छाड्ने सर्त राखेको थियो । यसरी सामाजिक सद्भाव नै खलल हुने गरी 'अर्ना बियर'को प्रायोजनमा उक्त गीत र भिडियो बनेको थियो । 

गायक थापाविरुद्ध तिहारको संस्कृतिमाथि प्रहार भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो ।
प्रकाशित मिति : Tuesday, October 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal