×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकको २५औं वार्षिकोत्सव : रक्तदानसहित विविध कार्यक्रम सम्पन्न

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ कार्तिक २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

एभरेष्ट बैंकको २५औं वार्षिकोत्सव : रक्तदानसहित विविध कार्यक्रम सम्पन्न

काठमाडौँ – एभरेष्ट बैंकले २५औं स्थापना दिवसको अवसरमा शुक्रबार लाजिम्पाटस्थीत प्रधान कार्यलयमा नर्भिक इन्टरनेशनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरुको आयोजना गरेको छ ।
बैंकले रक्तदान कार्यक्रम, निशुल्क स्वास्थ्य जाँच तथा नर्भिक अस्पतालका डाक्टर यादव भट्टसँग टक सो सञ्चालन गरेको थियो । समारोहमा बोर्ड अफ डिरेक्टर, प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ अधिकारीहरुको उपस्थीति रहेको थियो ।
१ हजारभन्दा बढीको उपस्थीति रहेको उक्त कार्यक्रममा करिब १ सय जनाले रक्तदान गरेका थिए । सोही कार्यक्रममा बैंकले स्थापनाकालदेखि नै सेवा पुर्याइरहेका कर्मचारीहरुलाई सम्मानित गरेको छ । यसबाहेक, सबै प्रदेशमा रहेको बैंकका शाखाहरुमा पनि पुराना ग्राहकहरुलाई सम्मान गर्दै केक काटेर २५ औं वार्षिकउत्सव मनाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: