तिहारको मुखमा बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ - तिहारको मुखमा सुनचाँदीको मूल्य बढेको छ । बिहिबार प्रति तोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ६ सयले बढेर प्रति तोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि १० रुपैयाँ बढेर प्रति तोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ८ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ३७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
प्रकाशित मिति : Friday, October 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal