×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

जनरल इन्स्योरेन्स कम्पनीले ३० लाख कित्ता आइपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल नियुक्त !

काठमाडौं – जनरल इन्स्योरेन्स कम्पनीले ३० लाख कित्ता आइपीओ जारी गर्ने भएको छ । उक्त आइपिओ जारी गर्नको लागि कम्पनीले बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीका तर्फबाट महाप्रबन्धक एस.के.टमोट र एनआइबीएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कम्पनीले प्रति सेयर १०० रुपैयाँ दरको ३० करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणमा जारी गर्न लागेको हो । कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरिसकेको छ । अब धितोपत्र बोर्डमा आवेदन दिनुपर्ने हुन्छ । बोर्डबाट अनुमति पाएपछि निष्कासन गर्ने प्रक्रिया सुरु हुनेछ ।
जनरल इन्स्योरेन्स कम्पनीको अधिकृत पूँजी २ अर्व रुपैयाँ, जारी पुँजी १ अर्व रुपैयाँ र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । यस इन्सुरेन्सले जारी पुँजीको ३०% सेयर सर्वसाधारणका लागि निष्कासन गर्नुपर्ने हुन्छ । आइपीओपछि कम्पनीको चक्ता पुँजी १ अर्व रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: