×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

जनरल इन्स्योरेन्सले ३० लाख कित्ता आइपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल !

काठमाडौं – जनरल इन्स्योरेन्स कम्पनीको ३० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले ३० लाख कित्ता आइपीओ सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले आइपीओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटललाई नियुक्त गरेको छ । 
जनरल इन्सुरेन्स कम्पनीको अधिकृत पुँजी २ अर्ब रुपैयाँ, जारी पुँजी १ अर्ब र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । यस इन्सुरेन्सले जारी पुँजीको कम्तिमा पनि ३०% सेयर सर्वसाधारणका लागि निष्कासन गर्नुपर्ने हुन्छ । आइपीओपछि चक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ । बिमा समितिको निर्देशन बमोजिम कम्पनीले आइपीओ ल्याउन लागेको हो । निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: