दशैँको मुखमा ह्वातै बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ - साताको कारोबारको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रति तोला ६९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार १ सयले बढेर प्रति तोला ७० हजार ९ सय मूल्यमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रति तोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ७ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय २९ रुपैयाँ कायम गरेको छ ।
प्रकाशित मिति : Thursday, October 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal