हिजो घटेको सुन र चाँदीको मूल्य आज कति छ ?

काठमाडौँ - साताको कारोबारको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रति तोला ६९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ६ सयले बढेर प्रति तोला ६९ हजार ८ सय मूल्यमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रति तोला ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५९ हजार ८ सय ४५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय १६ रुपैयाँ कायम गरेको छ ।
प्रकाशित मिति : Wednesday, October 02, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal