'खोलाको जग्गामा ऋण प्रवाह भयो वा पछि त्यो जग्गामा खोला पस्यो भन्ने थाहा छैन, घटनाचाहिं दुर्भाग्यपूर्ण छ' (भिडियो)

काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सिए. ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृतललाई सीआइबीले पक्रनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् । नेपाल टेलिभिजन न्यूजबाट प्रशारण हुने कार्यक्रम 'बैंकिङ सेरोफेरो'सँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

'खोलाको जग्गामा ऋण प्रवाह भयो वा पछि त्यो जग्गामा खोला पस्यो भन्ने थाहा छैन । नेपालमा त पछि जग्गामा खोला पसेको पनि त देखेका छौं हामीले ।' अन्तर्वार्ताका क्रममा उनले भनेका छन्, 'जे भएपनि यो घटना दुर्भाग्यपूर्ण हो ।' अन्तर्वार्ताका क्रममा उनले भनेका छन् । यो घटनापछि बैंकरको आत्मविश्वासमाथि प्रहार भएको बताउँदै उनले उक्त घटनामा ऋणीको नियत नै खराब भएको बताएका छन् । जग्गा हेर्न गएका र भ्यालुएटर दोषी भएको र बाँकी अरु सबै प्रक्रियामा आएकाहरु भएको बताउँदै उनले यस घटनालाई नेपाल बैंकर्स संघले गम्भीर रुपमा लिएको बताएका छन् ।

उनीसँगको सो अन्तर्वार्ता नेपाल टेलिभिजन न्यूज एचडिमा यहि शनिबार राती ८:४५ बजे प्रशारण हुनेछ । हेर्नुहोस् भिडियो प्रमो :
प्रकाशित मिति : Tuesday, October 01, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal